+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2024-MT0LRF
मिति
स्थिति जानकारी पठाई फर्छौट
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सरकारी तथा सार्वजनिक निकायको सभाहलमा कार्यक्रम, गोष्ठी, अभिमुखीकरण, तालिम सञ्चालन गर्ने निति र कानून दुवै छ। खर्चको मितव्यीता सम्बन्धी निर्देशिकाले पनि सकेसम्म सरकारी सभाहलमै कार्यक्रम गोष्ठी गर्नु भनेको छ। काठमाडौबाट विराटनगरमा अभिमुखीकरण वा कार्यक्रम गर्न आएका संघका मन्त्रालय/कार्यालयले भने प्रदेश मन्त्रालयका हल मै कार्यक्रम गर्ने गरेका छन्। तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आफ्नै सभा हल छ, अरु मन्त्रालयमा पनि हल भएपनि होटलमै कार्यक्रम गर्ने गरेका छन्। त्यसमा पनि विहान 8-9 बजेदेखि नै कार्यक्रम राख्ने गर्दछन्। अनि एउटा मन्त्रालय/निकायबाट अनावश्यक रुपमा 2/3 जनासम्म एकैपटक बोलाउने गरिन्छ। अनि 1 दिन वा 3/4 घण्टामा सकिने कार्यक्रममा 2 /3 दिनको राखेर कार्यक्रममा धेरै सहभागी देखाउन खोजेको र धेरै दिनको बनाउने गरेको समेत पाइन्छ। मन्त्रालय/कार्यालयको जिन्सी फाँटमा मसलन्द सामग्री खरिद गरेको सामान लगेर कार्यक्रममा स्टेशनरी प्रयोग गर्छन् तर कार्यक्रममा स्टेशनरी खर्च भएको भनेर छुट्टै बिल समेत बनाएर खर्चमा अनियमितता समेत हुने गरेको छ। यसबाट प्रष्ट हुन्छ कि कार्यक्रम गोष्ठीमा सार्वजनिक हितका लागि र तोकिएको उद्देश्य पूरा गर्न भन्दा पनि व्यक्तिगत स्वार्थ र फाइदाका लागि र धेरै खर्च गरेर होटलबाट गैरकानूनी रकम/कमिसन खानका लागि कार्यक्रम गोष्ठी गर्ने मनसाय राखेको प्रष्ट हुन्छ। विहान 10-11 बजेदेखि कार्यक्रम गर्दा हुने र सरकारी सभाहलमै कार्यक्रम सञ्चालन गर्न सकिनेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशका अरु मन्त्रालय/निकायले अनावश्यक खर्च गर्नका लागि कार्यक्रम गोष्ठी तय गरेकोमा यो गुनासो गरिएको छ।
कार्यहरू
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश सभा सचिवालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश योजना आयोग, कोशी प्रदेश, विराटनगर, नेपाल, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
दर्ता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल