तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2024-LUVI7U |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | विराटनगरबाट चन्द्रगढी भद्रपुर जाने एउटा बसले सुरुङ्गा देखि विर्तामोड हुँदै त्यसभन्दा अगाडीका स्थानका विद्यार्थी लिएर जाने गर्दछ। मेची बहुमुखी क्याम्पसको गेटसम्म त्यो एउटामात्र गाडीलाई जान दिन्छन् अरु बसलाई त्यो क्याम्पसको गेटसम्म पुग्न दिँदैनन्, बसपार्क सम्म मात्र जान्छन् । त्यही भएर एउटा मात्र बसमा खचाखच भएर विद्यार्थीहरु चढ्ने गर्दछन्। क्षमताभन्दा अत्यधिक धेरै कोचेर बसमा चढाउने गर्छन्, उभिने ठाउँ नै हुँदैन, एक अर्काको खुट्टा टेकिएर पनि विद्यार्थी त्यही बसमा जान बाध्य छन्। कक्षा 11, 12 देखि ब्याचलर सम्म पढ्ने विद्यार्थी धेरै छन् तर गाडी एउटामात्र पायक पर्ने हुँदा असुविधा भएको छ। क्याम्पस पढ्न जानका लागि भिड बसमा चढ्दा छात्राहरु असुरक्षित हुने डर, संकोच र शारीरिक तथा मानसिक पीडाबोध गरेर यात्रा गर्न बाध्यछन्। त्यसैले सम्बन्धित निकायले यसबारेमा छानविन गरी मेची क्याम्पसको गेटसम्म एउटामात्र बस जान पाउने र अरु बस जान नपाउने सिन्डिकेट हटाएर अरु बस पनि जान दिने व्यवस्था मिलाईयोस् भनी माग गरिएको छ। |
कार्यहरू |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|