तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2024-K71AYA |
मिति | |
स्थिति | समाधान भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | म स्थानीय तहमा अधिकृत छैठौं तहमा कार्यरत स्वास्थ्य सेवाको कर्मचारी हु । मेरो सेवा अवधि ८ वर्ष पूरा भईसक्या छ, जस अन्तर्गत ६ वर्ष भन्दा बढि मैले अति दुर्गम क्षेत्रमा सेवा दिइरहेको छु । मैले भरखरै मात्र गत भाद्र महिनामा संचालित चिकित्सा शिक्षा आयोगको स्नातक तह को जनस्वास्थ्य विषयको प्रवेश परीक्षामा उत्तीर्ण भई नेपाल सरकारको पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भई चिकित्सा शिक्षा आयोग सँग कबुलियतनामा गरि मधेस स्वास्थ्य बिज्ञान प्रतिष्ठान जनकपुर मा भर्ना समेत भएको छु । मेरो सेवा समूह मा आवश्यक पर्ने र बढुवा एवं स्तरवृद्धिमा समेत यो विषय अति आवश्यक भएकाले अध्ययन गर्न मनासिब छ । मैले अध्ययन पूर्व स्वीकृति म कार्यरत स्थानीय तह बाट लिएर मात्र प्रवेश परीक्षामा सहभागी भएको हु । यस् अघि मैले असाधारण बिदा, अध्ययन बिदा केही लिएको छैन । मैले नेपाल सरकारको पूर्ण छात्रवृत्ति पाएको हु, र मैले अध्ययन गर्न लागेको संस्था पनि सामुदायिक संस्था प्रतिष्ठान हो । नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ र स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐन बमोजिम अब मैले तलबी अध्ययन बिदा पाउनु पर्ने हो तर मेरो स्थानीय तहले मैले पाउने सुविधा मा आनाकानी गरिरहेको छ । बेतलबी हो भने दिन्छौं , तलबी त हुदैन भन्नू हुन्छ । त्यसै गरि मैले तलबी अध्ययन बिदामा अध्ययन गर्न मनोनित हुनुपर्छ । गत वर्ष सम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं ले मनोनयन पत्र दिने गरेकोमा यसपटक बुझ्दा तपाईं हरुको कोशी प्रदेश को ऐन बनिसकेको छ, प्रदेश बाटै मनोनयन हुन्छ अनि स्थानीय तह बाट अध्ययन बिदा स्वीकृत हुन्छ भन्नू हुन्छ । मुख्य मन्त्री को कार्यालय मा धेरै पटक प्रयास गर्दा बल्लतल्ल फोन उठाउनु हुन्छ अनि सोध्दा बुझ्दा तपाईं हरुको सबै स्थानीय तह बाटै हुन्छ हामी प्रदेश ले केही गर्ने होइन भन्नू हुन्छ । ।यहि पुस महिनाको २५ गतेबाट कक्षा सञ्चालन हुदैछ यता हाम्रो अध्ययन बिदा को टुंगो लाग्न सकेको छैन । सारै तनाब भइसक्यो हजुर, जागिर नै राजीनामा दिनु जस्तो भइसक्यो । हामीलाई न्याय कसले दिने ? योग्यता र मापदण्ड पुगेका कर्मचारीले ऐन नियम मा लेखे अनुसारको तलबी अध्ययन बिदा पाउनु पर्ने होइन र ?? |
कार्यहरू |
श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८१।९।४ च.नं. १३७५ को श्री चिकित्सा शिक्षा आयोगलाई लेखिएको पत्र तथा कोशी प्रदेश स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा १२० मा भएको अध्ययन विदा सम्बन्धी व्यवस्था बमोजिम तलबी वा बेतलबी अध्ययन विदा स्वीकृत गर्ने अधिकार सम्बन्धित स्थानीय तहमा निहित रहेको व्यहोरा अनुरोध छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|