+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2024-FO739Y
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत इमेल
गुनासोको प्रकार कर्मचारी सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण सर/ म्याडमहरु नमस्कार प्रस्तुत विषयमा स्थानीय तहमा लामो समय देखि कार्यरत सूचना प्रविधि अधिकृतहरुले आफ्नो जिम्मेवारी पालन गर्दै आइरहेको र कार्य सम्पादन पनि उत्कृष्ट भएता पनि हाल सम्म स्थायी दरबन्दी सृजना नगर्नु साथै प्रदेश तथा स्थानीयतहमा कतै पनि सूचना प्राविधि अधिकृतहरुको बारेमा केहि व्यवस्थापन नहुनु आफैमा गम्भीरताको विषय बनेको सबैमा बुझाई भएको छ तसर्थ यहाँहरुले सक्दो चाडो हामी कार्यरत कर्मचारीहरुको पिडालाई समाधान तर्फ ध्यानाकर्षण गराउन चाहान्छौ |
कार्यहरू
प्रस्तुत विषयमा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा ६(१) मा “स्थानीय तहमा स्थानीय सरकारी सेवाको सङ्गठन संरचना वा दरबन्दी सृजना गर्न तथा त्यस्तो सङ्गठन संरचना वा दरबन्दीमा पुनरावलोकन वा हेरफेर गर्न सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा सिफारिस समिति गठन गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नु पर्ने” भनी भएको व्यवस्था बमोजिम स्थायी दरबन्दी सिर्जनाको जिम्मेवारी सम्बन्धित स्थानीय तहमा निहित रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
उक्त गुनासो सम्बन्धी नीतिगत व्यवस्था बारे छलफलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल