तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2024-9G0ZL6 |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
सम्वन्धित कागजातहरु |
1735444608_Loksewa office nibedan.pdf 1735444608_Mukhyamantri office nibedan.pdf 1735444608_Nibedan 081_8_18.pdf |
गुनासो/उजुरीको संक्षिप्त विवरण | प्रदेश लोकसेवा आयोग, कोशी प्रदेश बाट आ.व. २०८०/०८१ को सुचना न. २५५/२०८०-८१ मिति २०८०/१२/२६ गते प्रकाशित नवौ तहको विज्ञापन नं. ५३,५४,५५ र ५६ प्रदेश ईन्जिनियरिंङ्ग सेवा / सिभिल समुह / बिल्डिंङ्ग एंड अर्किटेक्ट, ईरिगेशन, स्यानिटरी र जनरल उपसमुह को लिखित परिक्षा दिई नतिजाको प्रतिक्षामा रहेको अवस्था छ | गत आ.व. को नवौ तहको विज्ञापनको नतिजा/सिफारिस नभईकनै यो आ.व. २०८१/०८२ को समान तह (नवौ तह) को लागि प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशको सुचना न. ३१,३२,३३/२०८१-८२ मिति २०८१/५/३१ बाट गत आ. व. मै हामीले दिएको सेवा, समुह, उपसमुहको लागी समेत विज्ञापन भई, दर्खास्त संकलन सकि यहि २०८१ पौष, माघ भित्र बढुवा सिफारिस लगायत अन्तरवार्ता सिफारिस समेत गरी सक्ने प्रदेश लोकसेवा आयोगको कार्यसुची वेवसाइट बाट जानकारी हुन आएकोले हामी निवेदक हरु लाई गत आ. व. कै विज्ञापन नं. ५३,५४,५५ र ५६ को नतिजा/सिफारिस नभईकनै यो आ.व. २०८१/०८२ को समान सेवा/समुह/उपसमुह/तह (नवौ तह) को बढुवा सिफारिस लगायत अन्तरवार्ता सिफारिस हुँदा प्रदेश निजामति सेवा ऐन २०७९ को दफा ३५,३६,३७,३८,४६ र ४७ अनुसार जेष्ठता, बढुवा लगायतमा अपुरणीय क्षति हुनजाने भएकोले गत आ.व. को नवौ तहको विज्ञापनको नतिजा/सिफारिस पछि मात्रै यो आ.व. को समान सेवा/समुह/उपसमुह/तह (नवौ तह) को विज्ञापनको बढुवा सिफारिस, अन्तरवार्ता सिफारिस हुने गरी व्यवस्था मिलाई दिनु हुन मिति २०८१/८/९ मा प्रदेश लोकसेवा आयोग, कोशी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, कोशी प्रदेश बिराटनगर र बढुवा समितिको सचिवालयलाई निवेदन साथै मिति २०८१/८/१८ मा पुनः प्रदेश लोक सेवा आयोग लाई निवेदन गर्दा समेत गत आ.व. को नवौ तहको विज्ञापनको नतिजा/सिफारिस नगरिकनै यो आ.व. २०८१/०८२ को समान सेवा, समुह, तह (नवौ तह) को बढुवा समितिको सचिवालयबाट मिति २०८१/९/१३ को सुचना न. १८ बाट कानुन र बिधि को बर्खिलाफ हुने गरी बढुवा सिफारिस भएकोले बिधि सम्मत रुपमा गत आ.व. को नवौ तहको विज्ञापनको नतिजा/सिफारिस गरी जेष्ठता कायम हुने तर्फको व्यवस्था हुन आवस्यक कारवाही तत्काल अगाडी बढाइ दिनु हुन बिनम्र अनुरोध गर्दछौ | |
कार्यहरू |
उक्त गुनासो सम्बोधनका लागि बढुवा समितिको सचिवालय तथा प्रदेश लोकसेवा आयोगमा पत्राचार भएको।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
Approved
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|