+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2024-CRBW9B
मिति
स्थिति समाधान भएको
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण रामधुनी-झुम्का लगायत आसपासका बजार क्षेत्रहरुमा प्लास्टिकको धुँवाको विषालु प्रदुषण अति जोखिमपूर्ण बिन्दुसम्म पुग्ने गरेको र यो अवस्था प्रदेश भरी नै कमबढि हरेक बजारक्षेत्रहरुमा देखिने गरेकोले श्वासप्रश्वास सम्बन्धि अल्पकालिन तथा दिर्घकालिन स्वास्थ्य समस्याहरु बढ्दै गरेको परिप्रेक्षमा करिब पाँच बर्ष यता मेयर, वडा अध्यक्ष लगायत सरोकारवालाहरुमा यस्ता विषालु प्रदुषण विरुद्ध पहलकदमी लिन लिखित तथा मौखिक अनुरोध गर्दा पनि न जनचेतना न जरिवाना कुनै पहल नभएकोले प्रदेश सरकारले नै प्लास्टिक लागायत बिषालु धुँवा दिने वस्तु जलाउन नपाउने कुरामा पहलकदमी लिई स्पष्ट निर्देशन दिनु हुन र कोशी प्रदेशलाई कमसेकम हिँउद महिना भरी विषालु धुँवामुक्त प्रदेश घोषणा गरिदिँदा कसो होला ? नत्रभने बच्चाहरुको स्वास्थ्य भविष्य अन्धकार हुने कुरा अनुरोध गरेँ ।
कार्यहरू
रामधुनी बजार क्षेत्र अनुगमन, साथै अनलाइन मिडिया र जिंगलहरु बजाइ प्लाष्टिकजन्य फोहोर सम्बन्धी व्यवस्थापनका लागि सचेतनामुलक सन्देसहरु जारि गरी पालिका बाट अब समयमै प्लाष्टिकजन्य फोहोरको उचित व्यवस्थापन गर्ने। रामधुनी नगरपालिका, रामधुनी, सुनसरी
रामधुनी नगरपालिका द्वारा सार्वजनिक सूचना जनहितमा जारी गरी नगरपालिकाको नगरवासीहरुमा फोहोरमैला व्यवस्थापन सम्बन्धी अनुरोधपत्र तयार भएको र स्थलगत अनुगमन गरिदै । रामधुनी नगरपालिका, रामधुनी, सुनसरी
तँपाइकाे गुनासाे रामधुनी नगरपालिकामा दर्ता भएको छ । रामधुनी नगरपालिका, रामधुनी, सुनसरी
तँपाइकाे गुनासाे पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, रामधुनी नगरपालिका, रामधुनी, सुनसरी, जिल्ला प्रशासन कार्यालय, सुनसरी, Sunsariमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल