+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2024-2AAQTL
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सूचनाको हकसम्बन्धी ऐन, 2064 को दफा 5 र सूचनाको हकसम्बन्धी नियमावली, 2065 को नियम 3 बमोजिम हरेक तीन महिनामा विवरण अद्यावधिक गरी स्वतः प्रकाशन गर्नुपर्नेमा कोशी प्रदेश सभा सचिवालयले यस्तो स्वतः प्रकाशन हालसम्म सार्वजनिक गरेको देखिएन। कानून बनाउने ठाउँबाट नै कानूनको पालना गरिदैन भने कानूनको शासन र कानूनी राज्यको अर्थ के रह्यो र। यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश योजना आयोग लगायतका मन्त्रालय/निकायले पनि त्रैमासिक रुपमा स्वतः प्रकाशन गरेका छैनन्। सूचनाको हक अन्तर्गत आम नागरिकले सूचना पाउने अधिकार सुनिश्चित गर्न कानून बमोजिम सार्वजनिक गर्नुपर्ने विवरणहरु सार्वजनिक नभएको भनी यो गुनासो पेश गरिएको छ।
कार्यहरू
बिगतमा सुचना सम्बन्धी विवरण अद्यावधिक गरिरहेको भएता पनि हाल सुचना अधिकृतको कार्यव्यस्ता रहेकाले यथाशिघ्र विवरण प्रकाशन गरिने ब्यहोरा अनुरोध छ। प्रदेश सभा सचिवालय, कोशी प्रदेश, विराटनगर, नेपाल
यस मन्त्रालय मातहतका महाशाखा, निर्देशनालय, कार्यालयहरु र RCIP लाई सो सम्बन्धी कार्य गर्न निर्देशना दिइएको । भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
यस मन्त्रालय संग सम्बन्धित न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
website मा राखिने । प्रदेश लेखा नियन्त्रक कार्यालय, कोशी प्रदेश, मोरङ
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश सभा सचिवालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश योजना आयोग, कोशी प्रदेश, विराटनगर, नेपाल, मुख्य न्यायाधिवक्ताको कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश लेखा नियन्त्रक कार्यालय, कोशी प्रदेश, मोरङमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल