तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 11-2024-0C4VF9 |
मिति | |
स्थिति | समाधान भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, 2078 को दफा 58 बमोजिम सार्वजनिक गर्नुपर्ने वित्तीय प्रतिवेदनहरु (खर्चको फाँटवारी, राजस्व धरौटी पेश्कीको मास्केवारी, जिन्सी निरीक्षण प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वार्षिक/अर्धवार्षिक प्रगति/वित्तीय प्रतिवेदन लगायत) हालसम्म कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि सार्वजनिक गरेको छैन। वेवसाइटमा यस्तो केही पनि सार्वजनिक गरिएको देखिदैन। यस्तै स्वास्थ्य मन्त्रालयले 2079 फागुन पछिको वित्तीय प्रतिवेदनहरु सार्वजनिक गरेको छैन। भौतिक पूवाधार विकास मन्त्रालयबाट 2081/82 को कुनै पनि मासिक वित्तीय प्रतिवेदनहरु सार्वजनिक भएको छैन। अरु मन्त्रालय/निकायबाट पनि नियमित रुपमा वित्तिय प्रतिवेदन सार्वजनिक भएको देखिएन। यससम्बन्धमा पटकपटक गुनासो पेश गर्दा पनि कानून बमोजिम वित्तीय प्रतिवेदन सार्वजनिक नहुनुले कानूनमा लेखिएका कुराहरु पालना गर्न गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय असक्षम देखियो। |
कार्यहरू |
उपरोक्त बमोजिमको कार्य गर्नका लागी यस मन्त्रालय र मातहतको निर्देशनालय र कार्यालयहरुलाई लिखित निर्देशन दिइएको।
भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|