+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-TRXV33
मिति
स्थिति समाधान भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण नहर चोक , विराटनगर १३ , नहरदेखि टाँसेकै दक्षिण र रानीपथ पक्की सडकदेखि टाँसेकै पूर्वमा सञ्चालित नेपाल एपरेल्स उद्योग मा जडान गरिएको आइरन मेसिन लगायत अन्य मेसिनहरुबाट निस्केको आवाजबाट सिर्जित ध्वनि प्रदूषणले आजको दिनसम्म पनि हामी छरछिमेकहरु पूर्ण रुपले असर गरेको व्यहोरा अनुरोध छ, उक्त उद्योगबाट निस्केको ध्वनि प्रदूषणले हामी छरछिमेकहरू को दिन रात अत्यन्तै कष्टकरमै भएको छ,(स्वास्थ्य, पढाइ ,आराम , सुत्न) उक्त ध्वनि प्रदूषणबाट परेको असरबाट मुक्ति दिलाई सम्बन्धमा हार्दिक अनुरोध छ। , उक्त उद्योग मानव बस्तीमा सञ्चालित छ। उक्त उद्योगको सञ्चालक मोहम्मद इस्तियाक सर को मोबाइल नम्बर ९८२४३४६३१३ हो। उद्योग विभाग त्रिपुरेश्वर काठमाडौँबाट दिएको सर्त नियमहरू समेत पालना गरेको पाइएको छैन। उद्योगले पालना गर्नुपर्ने सर्तहरू तीन नम्बर बुँदामा लेखेको छरछिमेकी तथा अरुलाई पिर मार्का नपर्ने गरी उद्योग सञ्चालन गर्नुपर्ने सर्त लगायत अन्य शर्तहरुलाई पनि पाल्न नगरेको पाइएको छ,
कार्यहरू
नेपाल एपरेल्स उद्योगको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिवको नेतृत्त्वमा सरोकारवाला समेतको उपस्थितिमा उद्योग निरीक्षण भएको र सिलाइ मेशिन लगायतका मेशिनरीहरूबाट आएको आवाजले सामान्य मात्र असर गरेको, उजुरीमा भने जस्तो ध्वनी प्रदुषण भएको नपाइएको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, विराटनगर महानगरपालिका, विराटनगर, मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ, मोरङमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल