+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-720ARM
मिति
स्थिति समाधान भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, 2078 को दफा 58 मा सबै सरकारी कार्यालयले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ। उक्त ऐनमा भनिएको छः- "यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा अन्य प्रचलित कानून बमोजिम सम्बन्धित कार्यालयले तयार गर्नुपर्ने वित्तीय प्रतिवेदनहरु त्यस्तो प्रतिवेदन तयार गर्न तोकिएको समयावधि समाप्त भएको मितिले सात दिनभित्र विद्युतीय वा अन्य उपयुक्त माध्यमबाट सार्वजनिक गर्नुपर्नेछ।" कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग, मुख्यन्यायाधिवक्ताको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय लगायतका निकायको वेवसाइटमा हेर्दा कुनै पनि वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छैनन्। साथै स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले 2080 फागुनपछिको वित्तीय प्रतिवेदन वेवसाइटबाट सार्वजनिक गरेका छैनन्। त्यस्तै प्रदेश सभा सचिवालय, खानेपानी सिंचाई तथा उर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि नियमित रुपमा मासिक प्रतिवेदनहरु सार्वजनिक गरेका छैनन्। ऐन बमोजिम वित्तीय विवरणहरु सार्वजनिक नभएको भनी 2081 भदौ 25 मा गुनासो पेश गरिएकोमा हालसम्म ती मन्त्रालयहरुले सार्वजनिक गरेका छैनन्। सबै मन्त्रालय र सरकारी निकायबाट आम्दानी र खर्चको मासिक रिपोर्ट, आर्थिक विवरण, लेखापरीक्षण प्रतिवेदन, जिन्सी निरीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन, अनुगमन प्रतिवेदन लगायतका वित्तीय प्रतिवेदनहरु सार्वजनिक नभएको हुँदा यो गुनासो पुनः पेश गरिएको छ।
कार्यहरू
मन्त्रालयको वेबसाइटमा राखिएको https://moiac.koshi.gov.np/download उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश योजना आयोग, कोशी प्रदेश, विराटनगर, नेपाल, मुख्य न्यायाधिवक्ताको कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल