+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-5IX8TR
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
सम्वन्धित कागजातहरु 1726393201_बिल सार्वजनिकरण-प्रदेश सभा.pdf
1726393363_बिल सार्वजनिकरण- प्रदेश संसद.pdf
गुनासो/उजुरीको संक्षिप्त विवरण कोशी प्रदेश सभा सचिवालयले वेवसाइटको तल "बिल सार्वजनिकरण" भन्ने लिंक राखिएको छ। त्यसमा क्लिक गर्दा बिलको विवरण इन्ट्रि गर्ने टेबल देखाउँछ। तर त्यसमा भुक्तानी पाउने व्यक्ति/संस्थाको ठाउँमा दुईवटा "demo text" मात्र लेखिएको छ। अरु केही पनि छैन। यै हो बिल सार्वजनिक ? सि.नं विवरण ब.उ.शि.नं. खर्च शिर्षक खरिद प्रक्रिया प्यान नं भुक्तानी पाउने व्यक्ति/ संस्था बिल/निवेदन प्राप्त भएको मिति रकम कैफियत अपलोड समय demo text demo text बिल सार्वजनिकरण गर्ने भनेर वेवसाइटमा राख्ने अनि केही पनि सार्वजनिक नगरी जनतालाई झुक्याउने त गर्न भएन नि। प्रदेश राजपत्रमा 2079 साउन 30 को प्रकाशन अनुसार सार्वजनिक खर्चको मापदण्ड र मितव्ययीता सम्बन्धी निर्देशिका,2079 को नियम 25 को (3) मा लेखिए अनुसार- "तलव भत्ता पारिश्रमिक, विजुली, टेलिफोन जस्ता अनिवार्य खर्च बाहेक रु.५० हजार भन्दा माथिको खर्च बील भुक्तानी गर्नुअघि वेवसाईट मार्फत वा सूचना पाटीमा टाँस गरी सार्वजनिक गर्नुपर्नेछ" भन्ने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्नेमा कोशीको प्रदेश सभाको सचिवालयबाट बिल सार्वजनिक भएको देखिएन। त्यसैले कोशी प्रदेश सभा सचिवालयले वेवसाइटमा "बिल सार्वजनिकरण" भन्ने लिंक राखेर बिल सार्वजनिक नगरेकोमा यो गुनासो/उजुरी पेश गरिएको छ।
कार्यहरू
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश सभा सचिवालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल