तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2025-Q29DLE |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बिषय: झुटो आरोपमा मुद्दा दायर गरी अन्यायपूर्ण फैसला गरिएको सम्बन्धमा म विनम्र अनुरोधका साथ प्रस्तुत गर्न चाहन्छु कि Sanjay Prasad Rouniyar नामक व्यक्तिले मेरो श्रीमान् विरुद्ध झुटा र आधारहीन आरोप लगाएर जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। सो मुद्दामा न त प्रमाण प्रस्तुत गरिएको छ, न त मेरो श्रीमान् सीधै संलग्न व्यक्ति हुन्। यस विषयमा यथार्थ विवरण निम्न अनुसार छ: मेरो श्रीमान्की दिदीले Sanjay Prasad Rouniyar सँग केही वर्ष पहिले पैसा सापटी लिएकी थिइन्, र त्यो सम्बन्धमा उनले राजीनामा (रिन खाएको स्वीकारोक्ति) समेत दिएका थिए। पछि जब उनी उक्त पैसा फिर्ता गर्न तयार भइन्, Sanjay ले जग्गा फिर्ता दिन अस्वीकार गरे, जसको कारण १७ जना पीडित (अन्य व्यक्तिहरू जसलाई पनि ठगी गरिएका थिए) मिलेर सञ्जयविरुद्ध उजुरी दर्ता गरियो। अन्ततः सञ्जयले सबैसँग सहमति जनाए कि पैसा बुझाएपछि उनीहरूले आफ्नो जग्गा फिर्ता पाउनेछन्। खरिद प्रक्रिया: मेरो श्रीमान्की दिदीले सो रकम बुझाउने आर्थिक हैसियत नभएकाले हामी (म र मेरो श्रीमान्) आगामी खरिदकर्ताका रूपमा अगाडि बढ्यौं र सो जग्गा खरिद गर्यौं। सञ्जयले भन्यो कि उनको बैंक खाता शिलबन्द (seal) गरिएको छ र अदालत तथा प्रहरीमा अन्य पीडितहरूले पनि उजुरी दर्ता गरेका छन्। त्यसैले उनले पैसा नगदमा मागे। हामीले पैसा नगदमै बुझायौं, सञ्जयको पत्नीले लिखित रूपमा स्वीकार गरी दर्ता दस्तखत गरिन्, कि अब कुनै दाबी बाँकी छैन। त्यसपछि जग्गा दर्ता पनि कानुनी रूपमा सम्पन्न गरिएको हो। सञ्जयले 3 वर्षपछि झुटो दाबी गर्दै जग्गा बिक्री भए पनि पैसा पाएका छैनन् भनी मुद्दा दर्ता गरे। तर, न कुनै लेनदेनको लिखित प्रमाण छ, न कुनै उधारो वा पछि दिने सहमति पत्र छ, दर्ता भएको जग्गा, पत्नीको लिखित सहमति, र अन्य १७ पीडितको प्रमाण हुँदाहुँदै पनि अदालतले हाम्रो विपक्षमा फैसला दियो, जुन अत्यन्तै अन्यायपूर्ण, पक्षपाती र प्रमाणको गहिरो मूल्याङ्कन बिना गरिएको छ। |
कार्यहरू |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|