+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2025-DR7HCS
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत चिठी
गुनासोको प्रकार कृषि सम्बन्धी
सम्वन्धित कागजातहरु 1752140578_OCMCM_Koshi213.pdf
गुनासो/उजुरीको संक्षिप्त विवरण सेवामा यो निवेदन गर्दछौ कि हामी रंगेली न.पा. भित्र साना ठूला गरी करिब १०० भन्दा बढी कुखुरा फर्महरु रहेको सो फर्मबाट २०० जनाले प्रत्यक्ष रोजगारी पाई रहेको र अप्रत्यक्ष रुपमा हामीमा आश्रित ५०० जनाको दैनिक गुजारा समेत चलिरहेकोमा आज आएर भारतिय सिमा क्षेत्रवाट अवैधानिक रुपमा साइकल, मोटर साइकलमा दैनिक हजारौ कुखुराहरु नेपाल भित्र्याउने हुँदा हामी किसानहरुले पालेका कुखुराहरु विकी वितरण समेत नभएको हुँदा कुखुराहरु खोरमा पालन समेत गर्न कठिनाई भएको र हामीमा आश्रीत परिवार र रोजगारी दिएका व्यक्तिलाई तलब समेत दिन सक्ने अवस्था नभएको र हामी किसानले व्यवसाय गर्न वित्तिय संस्थाबाट लिएको ऋण सावा व्याज समेत बुझाउन नसकि रहेको हुँदा हामी कुखुरा पालक किसानहरु ठूलो समस्यामा परेको हुँदा सरोकारवाला निकायमा भारतबाट आउने कुखुरा रोक्न नियन्त्रण गर्न तथा सुरक्षा निकायले नियन्त्रण गर्न समेत अनुरोध गर्दा समेत खासै चासो नदेखाएको हुँदा हामी किसानहरु ठूलो मारमा परेको साथै भारतबाट कुखुरा ल्याउने तष्करहरुले हामी कुखुरा पालक किसानलाई धाक धम्की सहित ज्यान मार्ने कुरा समेत गरेको हुँदा सिमामा सुरक्षा निकायबाट रोकथाम र सुरक्षाको यथोचित व्यवस्था गरि पाउँ भनि सादर अनुरोध गर्दछौं ।
कार्यहरू
तँपाइकाे गुनासाे उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल