तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2026-P1YHOB |
| मिति | |
| स्थिति | जानकारी पठाई फर्छौट |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | श्रीमान् मुख्यमन्त्रीज्यू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश, विराटनगर विषय: नागरिकता प्राप्तिमा देखिएको समस्या समाधान गरिदिनुहुन सम्बन्धमा निवेदन म निवेदक सागर घिमिरे, स्थायी ठेगाना गौरादह नगरपालिका वडा नं. ८, झापा भएको व्यक्ति हुँ। मिति २०६०/०८/०२ मा नेपालमै जन्मिएको हुँ। मेरो जन्मदर्ता प्रमाणपत्र तथा शैक्षिक प्रमाणपत्रहरू उपलब्ध छन्। तर मेरो आमा–बुबा म सानै उमेरदेखि बेपत्ता हुनुहुन्छ र उहाँहरूको कुनै पनि नेपाली नागरिकता वा अन्य आधिकारिक कागजात उपलब्ध छैन। मेरो पारिवारिक नाता अनुसार मेरो बडाबा (बुवाको दाइ) तथा बडिआमा सँग नेपाली नागरिकता प्रमाणपत्र रहेको छ। सो नागरिकतामा उल्लेख भएको हजुरबुबाको नाम र मेरो जन्मदर्तामा उल्लेख भएको बुवाको नाम एउटै पारिवारिक वंशसँग मेल खाने भएकाले मेरो पारिवारिक सम्बन्ध प्रमाणित हुन्छ। यस अवस्थामा जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्राप्तिका लागि आवश्यक कागजात पेश गर्दा पनि अभिभावकको नागरिकता अभाव तथा बेपत्ता अवस्थाका कारण प्रक्रिया जटिल भएको छ। यस कारण, मेरो अवस्था अनुसार नागरिकता प्राप्त गर्न आवश्यक सहजीकरण, छानबिन तथा सम्बन्धित निकायलाई निर्देशन गरिदिनुहुन विनम्र अनुरोध गर्दछु। म आवश्यक परे कुनै पनि थप कागजात, साक्षी तथा जाँचबुझ प्रक्रियामा पूर्ण रूपमा सहयोग गर्न तयार छु। धन्यवाद। निवेदक नाम: सागर घिमिरे ठेगाना: गौरादह नगरपालिका–८, झापा सम्पर्क नं.: 9810472198 मिति: 2083/03/01 |
| कार्यहरू |
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय झापा, झापामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|