तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2025-M3JKWH |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
सम्वन्धित कागजातहरु |
1749965542_1000010283.pdf |
गुनासो/उजुरीको संक्षिप्त विवरण | नमस्कार म राकेश सिंह ठकुरी, हाल कनकाई नगरपालीका झापा अन्तर्गत घैलाडुब्बा स्वास्थ्य चौकीमा ल्याब असिस्टेन्ट निरीक्षक (छैठौं) तहमा कार्यरत छु । कनकाई नगरपालीकाको कार्यालयले मिति २०८१-०२-३२ मा कर्मचारीहरूको तहवृद्धिका लागी निवेदन पेश गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको थियो जुन कोशी प्रदेश सरकारबाट मिति २०८०-०९-२२ गते राजपत्रमा प्रकाशित स्थानीय सरकारी सेवा (गठन तथा संचालन ऐन) २०८० मा आधारित थियो । जसअनुसार कर्मचारी समायोजन ऐन २०७५ बमोजिम स्थानीय तहमा समायोजन भएका र समायोजन पश्चात एक पटक पनि बढुवा नपाएका र माथिल्लो तहका लागी चाहिने आवश्यक न्यूनतम शैक्षिक योग्यता भएका छैठौं तहका कर्मचारीहरुलाई सातौं तहमा स्तरवृद्धि गरिने प्रावधान थियो । उक्त सुचनामा आधारित रहेर मैले पनि सातौं तहमा स्तरवृद्धिका लागी निवेदन पेश गरेको थिएँ किनकी मैले पनि समायोजन पश्चात एक तह पनि स्तरवृद्धि पाएको थिईन साथै मैले मेरो सेवा प्रवेशको शैक्षिक योग्यता भन्दा माथिल्लो शैक्षिक योग्यता (३ बर्षे ल्याब टेक्नीशियन कोर्ष) नेपाल सरकार छात्रवृत्ति कार्यक्रम मार्फत अध्ययन गरेर उत्तीर्ण गरेको थिएँ । उक्त ऐनमा बिज्ञापन गरेको ३ महीना भित्रमा बढुवाको टुङ्गो लगाउनुपर्ने प्रावधान भएतापनि शैक्षिक योग्यताको विषयमा दुबिधा भएको भनि कनकाई नगरपालिकाले ११ महीनासम्म बढुवाको निर्णय गरेन र ११ महीनाको दौरानमा दुईपटक मुख्यमन्त्रि कार्यालयसंग (च. नं. क.प्र. ९४ मिति २०८१-५-१८ र च. नं. क.प्र. १३७ मिति २०८१-०७-०८ ) र एकपटक प्रदेश लोक सेवा संघ (च. नं क. प्र. १५६ मिति २०८१-०८-२३) राय मागियो । यसको जवाफमा दुबैपटक मुख्यमंत्री कार्यालय बाट प्राप्त जवाफ (च.नं. १४३२ मिति २०८१-०६-०९ र च. नं. १७८१ मिति २०८१-०७-११) मा "स्थानीय सरकारी सेवा (गठन तथा संचालन ऐन) २०८० को दफा ३८ को उपदफा १ को (क) बमोजिमको बढुवा समितिको २०८१-०४-१४ को निर्णय नं १ र २ बमोजिम गर्नुहुन भनी राय प्राप्त भएको थियो । उक्त निर्णय नं १ मा 'कर्मचारी समायोजन ऐन २०७५ बमोजिम स्थानीय तहमा समायोजन भएका र समायोजन पश्चात एक पटक पनि बढुवा नपाएका र माथिल्लो तहका लागी चाहिने आवश्यक न्यूनतम शैक्षिक योग्यता भएका छैठौं तहका कर्मचारीहरुलाई सातौं तहमा स्तरवृद्धि गरिने' उल्लेख छ भने निर्णय नं २ मा शैक्षिक योग्यता सम्बन्धमा माथिल्लो तहका लागी थप शैक्षिक योग्यता आवश्यक नपर्ने र हाल बहाल रहेको पदका लागी आवश्यक शैक्षिक योग्यता भए पुग्ने कुरा उल्लेख गरिएको छ जुन दुबै मेरो हकमा पुरा भएको छ । साथै शैक्षिक योग्यता सम्बन्धी थप दुविधा भए अझ नजीर प्रष्ट होस भनेर मैले कोशी प्रदेश लोकसेवा आयोगको मिति २०८१-०६-३० गते प्रकाशित सूचना नं ७४ (क)र (ख)मा प्रकाशित मेडिकल ल्याब टेक्नोलोजीष्ट सातौं तहको मूल्यांकनद्वारा हुने बढुवाको विज्ञापन समेत पेश गरेको थिएँ जसको शैक्षिक योग्यताका सम्बन्धमा एक तह मुनिको शैक्षिक योग्यता चाहिने कुरा उल्लेख गरिएको छ भने मेरै समान पद र शैक्षिक योग्यता भएका उम्मेदवारहरूको अन्य पालिकाले सातौं तहमा गरेको बढुवाको निर्णयहरु समेत पेश गरेको थिएँ । उल्लेखित यथेष्ट उपल्लो तहको राय परामर्श, नजीर, कानूनी आधार समेत हुँदा पनि कनकाई नगरपालिकाबाट मेरो बढुवा नगर्ने निर्णय भएछ। मलाई बढुवाबाट बंचित गरिएको मात्र हैन कर्मचारी समायोजनको मितिबाट पाउनुपर्ने समायोजनको २ ग्रेड पनि हालसम्म दिईएको छैन भने मेरो एकमात्र दरबन्दी आधारभूत अस्पतालमा हुन्छ जहाँबाट मलाई सरुवा गरेर स्वास्थ्य चौकीमा पुर्याईएको छ, अस्पतालमा मेरो दरबन्दी खाली राखेर त्यो ठाउँमा करार नियुक्ति गरिएको छ भने म हाल रहेको स्वास्थ्य चौकीमा पहिलेदेखी नै एकजना ल्याब असिस्टेन्ट करारमा राखिएको छ तर बिरामिको चाप भने अत्यन्त न्यून छ, काम नगरी बस्नु परेको अवस्था छ। कर्मचारीलाई नियमानुसार पाउने वृद्धिबिकास बाट बंचित गर्ने स्थानीय तहबाट गरिएको यो हदको अन्याय विरुद्ध मैले न्याय पाउने आशा गरेको छु। समायोजनको उद्देश्य कर्मचारीलाई हदैसम्म दुःख दिएर कर्मचारीको मनोबल नै गिराएर जागीरबाट राजीनामा दिन बाध्य गराउनु पक्कै होईन भन्ने बिश्वास गरेको छु । यदि कनकाई नगरपालिकाले भनेजस्तो प्रदेशले बनाएको बढुवा सम्बन्धी कानून प्रष्ट नभए मुख्यमंत्री कार्यालयले दिने रायमा बढुवा सम्बन्धमा प्रष्ट खुल्ने गरी निर्देशन भएको खण्डमा म जस्ता थुप्रै स्वास्थ्यकर्मीहरुले यो किसिमको चरम निराशा भोग्नु पर्ने थिएन । कृपया मैले नियमानुसार पाउनुपर्ने तहवृद्धिका लागी आवश्यक निर्देशन, अनुगमन गरिदिनु हुन सादर अनुरोध गर्दछु । |
कार्यहरू |
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, कन्काई नगरपालिका, झापा, प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|