+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2025-4D1HH2
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रदेशका खानेपानी डिभिजन कार्यालय र जलस्राेत तथा सिंचाई कार्यालयहरू, खानेपानी मन्त्रालय र चन्दामाेहना र कन्काई सिचाई कार्यालयहरूमा प्रशासनिक खर्च, कार्यालय सञ्चालन, ईन्धन जस्ता चालु खर्चका शीर्षकहरूमा, मेशिनरी, फर्निचर, सवारी साधन लगायतका शीर्षकमा अत्यधिक धेरै बजेट विनियाेजन गरिन्छ। अनि आयाेजनाकाे प्रशासनिक कन्टिन्जेन्सी ४% बाट पनि खर्च गर्नाले दाेहाेराे भएकाे छ। संघीय खानेपानी कार्यालय, सिंचाई आयाेजना कार्यालयहरूमा कार्यालय सञ्चालन, ईन्धन, मेशिनरी फर्निचर, सवारी साधन जस्ताकाे शीर्षकमा बजेट विनियाेजन नै हुँदैन, पानी विजुली सञ्चारकाे शीर्षकमा सुरूकाे २/३ महिनालाई पुग्ने केही रकम मात्र विनियाेजन हुन्छ, अरू बाँकी सबै खर्च कन्टिन्जेन्सीबाट नै व्यहाेरिन्छ। उदाहरणकाे लागि चालु खर्चकाे मसलन्द सामग्री शीर्षकमा संघीय कार्यालयमा बढीमा ५०/६० हजार विनियाेजन हुन्छ भने प्रदेशकाे कार्यालयहरूमा गत आ.व. सम्म ४/५ लाख विनियाेजन हुन्थ्याे भने याे आ.व.२०८१/८२ मा १२ लाख देखि १८ लाखसम्म विनियाेजन भकाे छ। सिंचाई कार्यालयमा उपभाेक्तासँग अन्तरक्रिया भनेर हरेक कार्यालयमा १८ लाखसम्म कार्यक्रम खर्चकाे शीर्षकमा विनियाेजन गरिएकाे छ, यस्ताे कार्यमा आयाेजनाकाे कन्टिन्जेन्सीबाट नै खर्च गर्न सकिन्छ, बजेट विनियाेजन आवश्यक पर्दैन। प्रदेशकाे पर्यटन विकास आयाेजना विराटनगरमा कार्यालय सञ्चालनकाे चालू खर्च, मेशिनरी, फर्निचर सवारी साधन समेतमा कुनै पनि शीर्षकमा बजेट विनियाेजन भकाे हुँदैन। एक रूपैया पनि बिनियाेजन छैन, सबै प्रशासनिक खर्च कन्टिन्जेन्सीबाट नै गरिन्छ। स्थायी दरबन्दीका करारकाे ईन्जिनियर, कार्यालय सहयाेगी, चालक, डाेरहाजिरीका सुपरभाईजर सबैकाे पारिश्रमिक भत्ता पनि ४% कन्टिन्जेन्सीबाट नै व्यहाेरिन्छ। अझ त्यसबाट बचत भएर माेटर साईकल वा गाडी समेत किनेका छन्। तर प्रदेशकाे खानेपानी र सिंचाई कार्यालयहरूमा भने तलब भत्ता बाहेक कार्यालय सञ्चालन खर्चमा प्रत्येक कार्यालयमा ४/५ कराेड सम्म विनियाेजन हुन्छ। याे अत्यधिक भयाे। यस्ताे रकम सबै कार्यालयकाे जाेड्दा कम्तीमा ६०/७० कराेड हुन्छ। यसलाई सदुपयाेग गरेर विकासमा आयाेजनामा लगाउन सकिन्छ। त्यसैले आगामी २०८२/८३ काे बजेट बनाउँदा प्रशासनिक खर्चमा विनियाेजन नहाेस्। कन्टिन्जेन्सीबाट सबै प्रशासनिक खर्च गर्ने र पुग्ने अवस्थामा चालू खर्च र पूजिगत तर्फ कार्यालय सञ्चालन खर्चमा विनियाेजन गर्ने प्रवृत्ति हटाईयाेस्। सार्वजनिक खर्चमा दाेहाेराे र अनावश्यक बजेट नछुट्याईयाेस् भनेर ध्यानाकर्षण गराईन्छ। धन्यवाद।
कार्यहरू
तँपाइकाे गुनासाे खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल