+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2026-D3C1AK
मिति
स्थिति जानकारी पठाई फर्छौट
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण विषय: अन्तर स्थानीय तह कर्मचारी सरुवा प्रक्रिया छिटो सम्पन्न गरिदिने सम्बन्धमा। श्रीमान् मुख्यमन्त्रीज्यू, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश। उपरोक्त विषयमा हामी कोशी प्रदेश अन्तर्गतका विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूले गत वैशाख ४ गते पछि मुख्यमन्त्री कार्यालयको अनलाइन पोर्टल मार्फत 'अन्तर स्थानीय तह सरुवा'का लागि निवेदन दिएका थियौँ। सरुवाको सबै प्रक्रिया पूरा भइसक्दा पनि हालसम्म निर्णय नहुँदा हामी अन्योलमा परेका छौँ। हाल मनसुन प्रणाली सक्रिय भई लगातार वर्षा भइरहेको र ग्रामीण तथा दुर्गम क्षेत्रका सडकहरू अवरुद्ध हुने क्रम सुरु भएको छ। यस्तो अवस्थामा सरुवा प्रक्रियामा अझै ढिलाइ भएमा दुर्गम क्षेत्रबाट सरुवा भएको निकायसम्म पुग्न निकै कठिनाइ र जोखिम हुने देखिन्छ। अतः मनसुनको जोखिम र कर्मचारीहरूको समस्यालाई मध्यनजर गर्दै रोकिराखेको सरुवाको निर्णय छिटो गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
कार्यहरू
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल