तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 05-2026-5MED1B |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कोशी प्रदेश सरकारको निर्णय बमोजिम आर्थिक वर्ष २०८२/८३ मा प्रदेश निजामती सेवाका रिक्त पदहरूमा पदपूर्ति नगर्ने नीति लिइनु अत्यन्तै निराशाजनक र अव्यवहारिक रहेको छ। यस निर्णयले प्रदेश निजामती सेवामा अहोरात्र खटिएका कर्मचारीहरूको कार्यसम्पादनमा प्रत्यक्ष असर पार्नुका साथै स्वभाविक वृत्ति विकास (Career Development) र बढुवाको अवसरमा गम्भीर अवरोध सिर्जना गरेको छ। लामो समयसम्म पदपूर्ति रोकिँदा एकातिर सेवा प्रवाहमा जनशक्तिको अभाव भई कार्यबोझ बढ्ने निश्चित छ भने अर्कोतिर वृत्ति विकासको मार्ग थुनिँदा कर्मचारीहरूको मनोबलमा ह्रास आउने देखिन्छ। अतः कर्मचारीहरूको हकहित र प्रशासनिक सुदृढीकरणलाई मध्यनजर गर्दै उक्त निर्णयमाथि पुनर्विचार गरी नियमित पदपूर्तिको प्रक्रिया सुचारु गर्न पहल गरिदिनुहुन विनम्र निवेदन गर्दछु । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|