+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2025-S6F15O
मिति
स्थिति समाधान भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण काेशी प्रदेश सहित सातवटै प्रदेशका मन्त्रालय, सचिवालय, आयाेग र कार्यालयहरूले अन्तर प्रदेश भ्रमण कार्यक्रम राखेर अनाश्यक र अनियमित रूपमा खर्च गर्ने गरेका छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरू, अन्तर प्रदेश विषयत मन्त्रीहरू, सभामुखहरू, मुख्य न्यायाधिवक्ताहरू लगायतका उच्च पदस्थहरूकाे वार्षिक र नियमित रूपमा भेटघाट, छलफल र अनुभव आदानप्रदान हुने गरेकै छ, त्यसका लागि धेरै खर्च लाग्छ। फेरि कर्मचारीहरू हरेक वर्ष ठूलाे टाेली बनाएर अन्तरप्रदेश भ्रमण भन्दै घुम्न हिड्ने गरेका छन्। याे अनावश्यक छ, भर्चुअल बैठक राखेर पनि छलफल अनुभव आदानप्रदान गर्न सकिन्छ, टेलिफाेनबाट पनि आवश्यक जानकारी लिन सकिन्छ, वेवसाईटमा प्रकाशन भएका कागजात हेरेर पनि अन्तरप्रदेशकाे कामबारे जानकारी प्राप्त हुन्छ। अन्तरप्रदेश भ्रमण पनि उपलब्धिमुलक बन्ने गरि भ्रमण गरिदैन। खर्चकाे बिलमा राख्न पुगेकाे प्रमाण देखाउन फाेटाे खिच्न मात्र जाने गर्छन्। उदेश्य अनुसार गएकाे अर्काे प्रदेशकाे निकायमा १ घण्टा पनि नबसी घुम्न जान्छन् र ७ दिनभन्दा बढीकाे भत्ता खान्छन्। केही सिक्ने, अनुभव साट्ने र अध्ययन, सिर्जनशिलता तर्फ कर्मचारीकाे ध्यानै हुँदैन। आफ्नाे अफिसकाे नियमित काम छाडेर ७/१० दिन त्यसै डुलेर भत्ता खाने बाहना बनाएका हुन्छन्। खाना खाजा, हाेटलबास, गाडीभाडा र ईन्धन, गाडी मर्मत, मायाकाे चिनाे, दैनिक तथा भ्रमण खर्च लगायतमा अत्यधिक खर्च भकाे देखाएर व्यक्तिगत रूपमा घुम्ने गर्छन्। अर्काे प्रदेशकाे मन्त्रालय गकाे बाहनामा अर्कै स्थान र अरू जिल्लाका ठाउँहरूमा घुमेकाे फाेटाे राखेर पनि भत्ता र ईन्धनकाे खर्च गर्छन्। १/२ दिनमा पुगेर आईने नजिककाे प्रदेशका पनि ७ दिनभन्दा बढीकाे भ्रमण आदेश र खर्चकाे बिल पेश गरेर भ्रष्टाचार गरेका छन्। भ्रमणमा नगईकन कागज मिलाएर खाने पनि छन्। एकजना अर्काे प्रदेशमा गएर ७/८ जना पुगेकाे माईन्युट बनाएर खर्चकाे दुरूपयाेग गरेकाे पनि पाईएकाे छ। अन्तरप्रदेश भ्रमणमा गकाे भनेर कार्यालय सहयाेगी देखि सबै कर्मचारीकाे ठूलाे टाेली, तामझामका साथ गएकाे कागज बनाउने गर्छन्। मन्त्रालयहरू शुनसान पारेर, जनताकाे काम छाडेर भत्ता खान र घुम्न जानलाई भ्रमण आदेश स्वीकृत गर्ने, कार्यक्रम स्वीकृत गर्ने, उपलब्धिविहीन कामकाे र झुटा कागज बनाएपनि भुक्तानी दिने सचिव, महाशाखा प्रमुख र लेखा अधिकृतहरू समेतकाे मिलेमताे र गलत संलग्नता रहेकाे छ। यस्ताे अनियमितताकाे बारेमा विभिन्न समाचार पनि आईरहेकाे छ। त्यसैले आगामी आर्थिक वर्षकाे बजेट बनाउँदा अन्तर प्रदेश भ्रमणका नाममा कार्यक्रम नराख्न आर्थिक मामिला हेर्ने मन्त्रालयले कडाई गर्नु पर्नेमा प्रदेशका ती मन्त्रालयका कर्मचारी नै अनियमित रूपमा भ्रमण खर्च लिन र अन्तर प्रदेश गकाे बाहनामा झुटा कागज बनाएर भ्रष्टाचार गरेका छन्। आर्थिक अनुशासन कायम गर्ने आफ्नाे जउम्मेवारी विर्सिएर अनियमितता र भ्रष्टाचारलाई संरक्षण गर्नमा लागेका छन्। त्यस्ताे अनावश्यक र अनुत्पादक क्षेत्रमा अन्तर प्रदेश भ्रमणका नाममा कार्यक्रम तथा बजेट नराख्न सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र सम्बद्ध निकाय सबैमा खबरदारी गर्नु पर्ने छ। यस्ताे गलत तरिकाले भत्ता खाने मनसायले मात्र हुने अन्तरप्रदेश भ्रमणकाे खर्चलाई राेकेर सहीकाममा, विकासमा र जनताकाे सेवामा उपयाेग गर्न सकिन्छ। चालू खर्च घटाउन र जनताकाे राजस्वकाे दुरूपयाेग राेक्न सकिन्छ। यसबारेमा छानविन गरि उचित कार्यबाही गरियाेस् भनी याे उजुरी पेश गरिन्छ।
कार्यहरू
अन्तर प्रदेश भ्रमण शिर्षकमा वजेट विनियोजन गरेको भए पनि हाल सम्म यस मन्त्रालयबाट अन्तर प्रदेश भ्रमण नभएको। आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल