+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2026-6BL6JH
मिति
स्थिति दर्ता भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार, मैले स्वास्थ्यकर्मी हरु बढुवा सम्बन्धी अष्पष्ट निति निर्देशन का कारण मर्कामा परेको विषयमा २०८२-११-२८ मा गुनासो गरेको थिएँ (03-2026-B8TYMX) जुन म लगायत धेरै स्वास्थ्यकर्मीहरुको साझा गुनासो रहेको छ, तर हालसम्म यो गुनासो सुनुवाई भएन । यदि यो पोर्टल गुनासो सम्बोधन गर्न राखिएको जस्तो देखाउन मात्र बनाईएको कर्मकाण्डी पोर्टल होईन र वास्तविक गुनासोको सम्बोधन हुन्छ भने कृपया यो विषयमा स्पष्ट पारिदिनुहुन बिनम्र अनुरोध गर्दछु । पुनः सोही गुनासो जस्ताको त्यस्तै राखेको छु । मिति २०८२-०३-२५ गते स्थानीय तह सेवा गठन तथा सञ्चालन ऐन २०८० को दफा ८ को उपदफा १६ र १७ बमोजिम गरिएका बढुवाहरु बदर गरेको बिषय समाचार मा आएका छन यद्यपि यो निर्णय अझै कार्यान्वयन भएका छैनन । स्थानीय तह सेवा गठन तथा सञ्चालन ऐन २०८० को दफा ८ को उपदफा १६ बमोजिम केहि स्थानीय तहहरुले स्वास्थ्यका कर्मचारीहरूको छैठौं तह बाट सातौं तहमा तहवृद्धि गरेका छन तर यसको योग्यताका सम्बन्धमा आ-आफ्नै निर्णय छन । यो बढुवा आधिकारिक रुपमा खारेज भएको हो कि हैन? यदि हो भने कार्यान्वयन किन नभएको होला? यदि खारेज भएको छैन भने जुन स्थानीय तहले मुख्यमंत्री कार्यालयबाट बढुवा सम्बन्धमा राय प्राप्त हुँदा समेत कर्मचारीको बढुवा गरेका छैनन ति कर्मचारीहरुले कहाँ गएर न्याय पाउने?? बढुवा स्थानीय तहको इच्छामा भर पर्ने हो कि कोशी प्रदेशले बनाएको कानूनमा? एउटै तह/पदका, समान शैक्षिक योग्यता भएका स्वास्थ्यकर्मीहरुलाई कुनै स्थानीय तहले बढुवा दिने कुनैले नदिने यस्तो बिभेद किन?? कृपया झर्को नमानी जवाफ दिनुहोला ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
गुनासो दर्ता गर्ने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल