तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2025-BGKY6K |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | नमस्कार महोदय, प्रदेशका मन्त्रालय/कार्यालय र सरकारी निकायहरुले बजेटको अनुशासन उल्लंघन गरेर जथाभावी रकमान्तर गर्ने गरेको जानकारीमा आएको छ। आर्थिक वर्षको अन्तिम समयतिर बजेट फ्रिज हुन नदिने र अनियमितता गरी कमिसन खान र भ्रष्टाचार गर्ने गलत मनसायले उभ्रिएको बजेट जथाभावी खर्च गर्न पल्केर रकमान्तर गर्न पठाउनुपर्छ भनेर कर्मचारीले कुरा गरेको पो सुनियो त। सुन्दा पनि छक्क पर्नु। यस्तो जेपायो त्यै गर्न पनि पाइन्छ र ? भ्रमणको खर्चमा छुट्याएको पैसा उभ्रियो भने गाडी मर्मतको र तेल हाल्नेको खर्च गर्न रकमान्तर गर्न पठाको पनि छन् अनि कार्यक्रममा छुट्याको अर्को विविध खर्च को भत्ता खाने मा पनि रकमान्तर गरेको छन्। यस्तो तरिकाले त जनताले दुःखले कर तिरेको र जेमा पनि राजस्व मात्र बुझाएको पैसाको त सत्यनाश नै भयो हौ। लु यस्तो चाहिँ रोक्नु पर्यो है। प्रदेशको अर्थ मामिला हेर्ने मन्त्रालयले पनि कडाइ गरेन कि कसो हो जे पनि रकमान्तर गरिदिन्छन् कि क्याहो। बजेट वनाउँदा चाहिने पैसा छुट्याएको हुन्छ, अफिस चलाउने सबै खर्च छुट्याएर मात्र विकासे योजनामा पैसा छुट्टिन्छ भनेपछि अनि पैसा पुगेन भनेर फेरी थप्नु किन पर्यो। अर्को कामको पैसा नउभ्रिउको भए विनियोजन भएकोले नै पुर्याउँथ्यो नि। पैसा धेरै भएपछि रकमान्तर गरेर सक्ने हिसाबले काम भएकोछ भन्ने सुनियो है। संघको अड्डामा धेरै पैसा नै छुट्टिनैन अरे। चिया खान पनि फिक्का मात्र पाउँछ, कम्प्युटर केके मेशिन विग्रिएपनि बनाएर चलाउँछ तर प्रदेशको कार्यालय र मन्त्रालयमा भने धेरै धेरै पैसा छुट्याएर जतिपनि खर्च गर्न मनोमानी छ भन्ने कुरा जताततै फैलिएको छ । अनि त्यसमा पनि रकमान्तर गरेर खर्च सिध्याउन लाग्छन् अरे। प्रदेशको मन्त्रालयको मन्त्री जी र मुख्यमन्त्रीजीले यो कुरामा गम्भिर हुनुपर्यो, कर्मचारीले कसरी खर्च चलाएको छ निगरानी राख्नु पर्यो । कार्यालयको सामान खरिद, बैठक भत्ता, भ्रमण खर्च, गाडी मर्मत, इन्धन तेलको खर्च, मेशिन फर्निचर किन्ने खर्च, विविध चिया खाजा खर्च, कार्यक्रम गोष्ठीको खर्च छपाई सूचना प्रकाशन जस्ताो प्रशासन चलाउने खर्चमा जति पैसा छुट्याए पनि नपुग्ने र जति दिएपनि नउभ्रिने र पुग्यो कहिल्यै नभन्ने। अनि कन्टिन्जेन्सीमा पनि र बजेट पनि छुट्याएर प्रदेशको कार्यालयले खर्च गर्न पाउने गरी डबल खर्चको बजेट छ अरे यो पनि संघको कार्यालयको भन्दा धेरै खर्च गर्न पाउने गरी बजेटमा राखिएको छ अरे । सम्बन्धित सबैले यसबारेमा ध्यान दिनुपर्यो। सरकारी खर्चको दुरुपयोग रोक्नु पर्यो र जनताले तिरेको करको सही उपयोग गर्नुपर्यो भनी सुझाव दिइन्छ। नमस्कार । |
कार्यहरू |
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|