+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2026-B8TYMX
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार, सम्मानित सर्वोच्च अदालतले मिति २०८२-०३-२५ गते स्थानीय तह सेवा गठन तथा सञ्चालन ऐन २०८० को दफा ८ को उपदफा १६ र १७ बमोजिम गरिएका बढुवाहरु बदर गरेको बिषय समाचार मा आएका छन यद्यपि यो निर्णय अझै कार्यान्वयन भएका छैनन । स्थानीय तह सेवा गठन तथा सञ्चालन ऐन २०८० को दफा ८ को उपदफा १६ बमोजिम अधिकांश स्थानीय तहहरुले स्वास्थ्यका कर्मचारीहरूको छैठौं तह बाट सातौं तहमा तहवृद्धि गरेका छन तर यसको योग्यताका सम्बन्धमा आ-आफ्नै निर्णय छन । यो बढुवा आधिकारिक रुपमा खारेज भएको हो कि हैन? यदि हो भने कार्यान्वयन किन नभएको होला? यदि खारेज भएको छैन भने जुन स्थानीय तहले मुख्यमंत्री कार्यालयबाट बढुवा सम्बन्धमा राय प्राप्त हुँदा समेत कर्मचारीको बढुवा गरेका छैनन ति कर्मचारीहरुले कहाँ गएर न्याय पाउने?? बढुवा स्थानीय तहको इच्छामा भर पर्ने हो कि कोशी प्रदेशले बनाएको कानूनमा? एउटै तह/पदका, समान शैक्षिक योग्यता भएका स्वास्थ्यकर्मीहरुलाई कुनै स्थानीय तहले बढुवा दिने कुनैले नदिने यस्तो बिभेद किन?? कृपया झर्को नमानी जवाफ दिनुहोला ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
स्थानिय सेवाको बढुवा सम्बन्धमा । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल