तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 03-2025-YJDZKU |
मिति | |
स्थिति | समाधान भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | आदरणीय जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूमा नमस्कार। यहाँहरूलाई जनताकाे तर्फबाट एउटा अनुराेध छ- सरकारी अफिसकाे लेखा र हिसाब किताबलाई सुशासनयुक्त बनाउनुहाेस्। लेखापाल, हाकिम र लेखापरीक्षण गर्ने व्यक्ति भन्दा बाहेक अरूले हिसाब र विलकागज हेर्दा भ्रष्टाचार र अनियमितताकाे दुर्गन्ध नआवस्। तेस्राे पक्षले हिसबाकिताब हेर्न खाेज्दा र सूचना माग गर्दा डराउन नपराेस्, जाेसुकैलाई हेर्न देखाउन सक्नुहाेस्। जनताले तिरेकाे राजस्वबाट भएकाे खर्चकाे हिसाब र कागज जनतालाई देखाउन नमिल्ने र नसकिने गरि सरकारी काेषकाे खर्च गरेर कहिलेसम्म चलाउनु हुन्छ? जनताले तिरेकाे करकाे सदुपयाेग गर्नुस्। सरकारी खर्चमा पारदर्शिता गर्नुस्। केकेमा खर्च भयाे, सबै हिसाब र बिल कागज सार्वजनिक गर्नुस्। लेखापरीक्षकलाई ज्वाइँ र सम्धीजस्ताे मान अनि चाकडी गरेर, घुस कमिसनकाे पैसा दिएर अनियमितता लुकाउने काम बन्द गर्नुस्। अडिटलाई पैसा छुट्याएर कहिलेसम्म आर्थिक काराेबार गर्नुहुन्छ? आफुखुशी सुविधा लिने, बैठक भत्ता, भ्रमण खर्च,विविध खर्च र ईन्धन जस्ताे खर्चमा, मर्मत, छपाई सूचना, कार्यक्रम खर्च जस्ताेमा पनि कमिसन खान र बिल कागज मिलाएर खाने बन्द गर्नुस्। सरकारी काममा मसलन्द सामग्री, फर्निचर मेशिन सामान सवारी साधन किन्दा, निर्माणकाे ठेक्कामा व्यवसायीसँग मिलेर कमिसन खाने प्रथा बन्द गर्नुस्। सरकारी खर्चमा अनियमितता र भ्रष्टाचार भईरहने हाे भने जनताले राजस्व तिर्न छाड्नेछन्। जनताले कानून अनुसार कर र राजस्व तिर्नु पर्छ भने सरकारी अड्डाले पनि आर्थिक अनुशासन र भ्रष्टाचार रहित प्रशासन चलाउनु पर्दछ। याद राख्नुस् अब कागज लुकाएर आर्थिक काराेबार गर्ने जमना गए। आफ्नाे गलत काम बन्द गर्नुस्। सरकारी जागिर खानेकाम धन कमाउन हैन, धन कमाउने भए जागिर छाड्नुस्, अरू पेशा गर्नुस्। भ्रष्टाचारकाे परम्परालाई ताेड्नुस्। अन्तराष्ट्रिय प्राक्टिस भन्दै भ्रष्टचारजन्य गतिविधिलाई संरक्षण र दुरूत्साहन नगर्नुस्। सुशासन कायम गर्ने अन्तराष्ट्रिय प्राक्टिस छ, त्यसलाई फलाे गर्नुस्। फाेहाेरमा वस्दा दुर्गन्धले आफैलाई अस्वस्थ बनाउँछ, सफा ठाउँमा बस्न आफैलाई फाईदा हुन्छ, सरसफाई गर्दा धुलाे उड्छ, केही असजिलाे हुन्छ, तर सफा सुग्गर भएपछि आफै राम्राे हुन्छ। आफै सफा गर्न नसक्ने भए अख्तियार, मिडिया, नागरिक समाज, प्राज्ञिक, सभा सम्मेलनकाे सहयाेग लिनुस्। जसरी पनि सरकारी अड्डाकाे आर्थिक प्रशासनकाे धुलाे मैलाे सफा गर्नुस्। खरिदकाे कमिसन खाने र अडिटलाई पैसा छुट्याउने कुप्रथा बन्द गर्नुस्। जय नेपाल। |
कार्यहरू |
उल्लिखित कार्य नभएको ।
सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
यस मन्त्रालयमा प्रत्येक महिनाको २ गते मातहतका निकायका प्रमुखको बैठक प्रत्येक महिनको ३ गते कार्यालयको बैठक बसी मन्त्रालयमा भएका विकृति र गुनासालाई श्री सचिवज्यूबाट संबोधन हुने गरेकोछ ।
सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
मन्त्रालयका सम्पुर्ण महाशाखा तथा शाखाहरुमा जानकारी गराईएको
उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश सभा सचिवालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश योजना आयोग, कोशी प्रदेश, विराटनगर, नेपाल, स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपाल, जिल्ला प्रशासन कार्यालय मोरङ, मोरङ, प्रदेश लेखा नियन्त्रक कार्यालय, कोशी प्रदेश, मोरङमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|