तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 03-2025-FT8UYI |
मिति | |
स्थिति | समाधान भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | प्रदेशका मन्त्रालय आयाेग सचिवालय र कार्यालयहरूमा कुनै विवरण माग्याे भने १/२ महिनासम्म पनि आउँदैन। धेरैचाेटि ताकेता गर्नु पर्छ। अनेक बाहना बनाउँछन्। धेरैजसाे कर्मचारी काम नगरी गफ गरेर बसेका हुन्छन्, अफिस टाईममा माेवाईलमा भिडियाे र सामाजिक सञ्जाल चलाएर बस्छन्। काेही लाेकसेवाकाे तयारी गर्न अथवा आफ्नाे व्यक्तिगत रूपमा पढिरहेका हुन्छन्। खाजा भत्ता खान विहान बेलुका हाजिर गर्छन् अनि दिनभर व्यक्तिगत काममा जान्छन्, काेही घरमा गएर बस्छन्। प्रायजसाे लेखा शाखामा काम गर्नेहरू अफिस ढिलाे आउँछन्, अनि २/३ बजेनै जान्छन्। कार्यालय समय पूरा बस्दैनन्, कतिपयलाई त काम पनि छैन, तर विद्युतीय हाजिरी अनुसार पाईने २०० रूपैया खाजा भत्ता खान छाेड्दैनन्। हरेक अफिसमा १/२ जना ईमानदार र लगनशिल कर्मचारीलाई चाहिँ काममा दराे खटाईन्छ, सबै जसाे काम उनीहरूलाई नै लगाईन्छ र समयमा अनि भनेजस्ताे भएन भने उसैलाई गाली गरिन्छ। काम नगर्ने र टार्नेलाई सँधै छुट हुन्छ। अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगबाट विवरण माग्याे भने चाहिँ समयमै पठाउँछन्। त्याे बाहेक अदालत, प्रदेश सभा समिति, मुख्यमन्त्री कार्यालय अथवा जाेसुकैले विवरण मागेपनि समयमा जवाफ दिने चलन छैन। अनि कानून बमाेजिम गर्नु पर्ने नियमित काम, रिपाेर्टिङ, प्रकाशन, शासकीय सुधार ईकाई ,अनुगमन एकाईकाे बैठक, आन्तरिक नियन्त्रण समिति, वित्तीय विवरण र बिल सार्वजनिक गर्ने काम, मातहत कार्यालयकाे निरीक्षण जस्ता काम गर्दैनन्। भत्ता, कमिसन र फाईदा हुने काम गरिहाल्छन्, खरिद गर्न र खर्च गर्न तम्सिन्छन्। तर सरकारी सम्पत्तिकाे संरक्षण, लिलाम विक्री, बेरूजु फर्स्यौट, अनियमितता गर्नेलाई सजायकाे काम गर्दैनन्। आफूले पाउने सुविधा र वृत्ति विकासमा अलिकति पनि कमी भएजस्ताे लागेमा अदालतमा मुद्दा लगाई हाल्छन्। तर आफ्नाे पदीय जिम्मेवारी र अफिसकाे काम राम्राेसँग नगर्दा पनि हुने, जे गरेपनि हुन्छ भनेर मनाेमानी गर्छन्। सरकारी खर्चमा दुरूपयाेग, अनियमितता र बेरूजु हुँदा काेही कसैले जिम्मा लिन नपर्ने, स्पष्टीकरण पनि नसाेध्ने, किन गलत गरिस् भनेर नखाेज्ने? याे त अति भएन र? राज्यबाट तलब सुविधा पेन्सन लिने, अनि काम चाहिँ नगर्ने, उल्टै गलत काम गरेर पदकाे दुरूपयाेग गर्ने? यसाे गर्नेलाई राष्ट्रसेवक भनिदिनु पर्ने? काम नगरे पनि, गलत गरे पनि, समय पालना र आचरण उलंघन गरेपनि जागिर जाँदैन, तलब भत्ता पुरै पाईन्छ, सेवा सुविधा कटिदैन, विभागीय कारबाही हुँदैन, स्पष्टिकरण दिनु पर्दैन, कसैले साेध्दैन खाेज्दैन। यति सजिलाे भएपछि सरकारी कर्मचारीले किन काम गर्न पर्याे? यस्ताे तरिकाले प्रशासन चलाएपछि देशमा सुशासन, विकास आउँछ र जनताले राम्राे सेवा पाउँछन्? निजी क्षेत्रमा काम गर्ने कर्मचारीलाई पनि सरकारीलाई जस्तै छुट र मनाेमानी गर्ने अवसर मिल्छ? कर्मचारीलाई कारबाही गर्न सक्ने हैसियत र नैतिकता भएका हाकिम र मन्त्रालयका सचिव छैनन्। आफ्नाे पदकाे र अधिकारकाे सही उपयाेग गर्न सक्ने ईमानदारिता र अनुशासन आफैले गुमाएका छन्। जुन दिन सरकारी कार्यालयका कर्मचारीलाई हाकिमले र हाकिमलाई सचिवले कारबाही गर्छन्, र आफ्नै निकायकाे भ्रष्टाचारकाे छानविन गर्न अख्तियारमा लेखी पठाउँछन् त्यस दिन देखि सुशासनकाे अनुभूति गर्न सकिन्छ। नभए वेथिति र मनाेमानी चलेकाे प्रशासनले जनतामा आक्राेश र नैरास्यता मात्र दिएकाे छ। त्यसैले सरकारी कार्यालय, मन्त्रालयकाे गरिमा, हैसियत बढाउनुस्। जनताले मनदेखि सम्मान गर्ने राष्ट्रसेवककाे छवि बनाउनुस्। जय हाेस्। |
कार्यहरू |
उल्लिखित कार्य नभएको ।
सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
उल्लिखित कार्य नभएको ।
सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
उल्लिखित व्यहोराको कार्य यस मन्त्रालयमा नभएको । सम्पुर्ण कर्मचारीहरु कार्यालयको काममा नै रहेको देखिएको छ ।
सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
मन्त्रालयका सम्पुर्ण महाशाखा तथा शाखाहरुमा प्रशासन महाशाखा मार्फत जानकारी गराईएको
उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश सभा सचिवालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश योजना आयोग, कोशी प्रदेश, विराटनगर, नेपाल, स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश लेखा नियन्त्रक कार्यालय, कोशी प्रदेश, मोरङमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|