+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2026-X75EFK
मिति
स्थिति दर्ता भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार करारका कर्मचारीलाई सामाजिक सुरक्षा काेषमा आवद्ध नभएकाेबारेमा याे गुनासाे पेश गरिएकाे छ। संविधानमा सामाजिक सुरक्षाकाे हककाे व्यवस्था, संघीय कानून र प्रदेशकाे निजामती सेवा ऐन नियममा करारका कर्मचारीलाई सामाजिक सुरक्षा काेषमा आवद्ध गर्ने व्यवस्था छ। नेपाल राजपत्रमा श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२/१/१ मा सूचना प्रकाशन गरेर प्रदेश र स्थानीय तह समेतका सबै कर्मचारीलाई याेगदान रकम खाईपाई आएकाे तलबकाे ६०-१००% सम्म मानेर काेषमा आवद्ध गरि सामाजिक सुरक्षा दिने उल्लेख छ। साे अनुसार २०८२ बैशाखदेखिनै धेरै स्थानीय तहले काेषमा रकम जम्मा गरेका छन्। तर काेशी प्रदेश सरकारका करारका कर्मचारीलाई हालसम्म काेषमा आवद्ध गरिएकाे छैन। काेषमा सरकारकाे तर्फबाट राेजगारदाताकाे रूपमा याेगदान बापत व्यहाेर्ने रकम सबै कार्यालयमा विनियाेजन छ। तर आर्थिक मामिला मन्त्रालयबाट जारी भएकाे बजेट कार्यान्वयन मार्गदर्शनकाे बुँदा नं ४५ मा लेखेर मन्त्रालयबाट परिपत्र नभएसम्म यस्ताे रकम भुक्तानी नगर्नु भनेर राेकिएकाे छ। फागुनसम्म पनि किन परिपत्र भएन? अब परिपत्र हुँदा साउनदेखिकाे जम्मा हुन्छ? ऐन नियममा भकाे र संघीय सरकारले पनि सूचना जारी गरेकाे विषय मन्त्रालयले परिपत्र गरेर किन राेकियाे? तल्लाे तहमा काम गर्ने कर्मचारी जसले बाेल्न सक्दैनन्, उनीहरूले पाउने सुविधा किन राेकेकाे हाेला? विगतमा संघका कर्मचारी प्रदेशमा काम गर्दा कम तलब भएकाेले फरक तलब खाने भनेर पछि कानून बनाएर पहिलेदेखि खाएकाे बेरूजु छ, खाजा खर्च साउनदेखिनै लागू भयाे, दैनिक तथा भ्रमण भत्ता, बैठक भत्ता, कन्टिन्जेन्सी, ईन्धन, जिन्सी खरिदकाे अत्यधिक खर्च, कार्यक्रम गाेष्ठीकाे बिल लगायत सबै खर्चका बिल कागज तुरून्तै बन्छन्, किनकी त्यसबाट माथिल्लाे तहका कर्मचारीकाे पनि स्वार्थ जाेडिन्छ,। तर करारका कर्मचारीकाे सुविधा दिने राेकेर खर्चमा मितव्ययीता देखाएकाे हाेला। प्रत्येक कार्यालयले राेजगारदाताकाे रूपमा काेषकाे अनलाईन प्रणालीमा दर्ता गरेर करार कर्मचारीलाई आवद्ध गरि याेगदान रकम चाडैँ जम्मा गर्न लगाईयाेस भनी माग सहित याे निवेदन पेश गरिन्छ। धन्यवाद।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल