+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2025-DEH7A2
मिति
स्थिति समाधान भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय कोशी प्रदेश , बिराटनगर । सम्पुर्णमा मेरो नमस्कार । हाल म भिमसेन थान मा .वि. सोलुखुम्बुमा प्रदेश बिज्ञान शिक्षक (मा.वि.) तहमा कार्यरत छु ।हामी जस्ता प्रदेश बिज्ञान शिक्षक भन्दा पछि आएको संघ अनुदानको तलब रु ४४६९० प्रति महिना र पोसाक भत्ता पनि पाउन थाले तर हाम्रो तलब रु ३६००० मात्र के यो ठिक हो ? मुख्यमन्त्री ज्यु , मन्त्री परिषद एवं बजेट निर्माण कर्ता ज्यु सम्पुर्ण लाई । मा.वि., नि.मा.वि. को तलबको के कुरा गर्नु प्रा.वि. शिक्षक सरह हाम्रो तलब छैन , तलब खाने बेलामा लाज लाग्छ , सङै एकै स्तरमा काम गर्ने सरह तलब कमसेकम गर्नु पर्ने हैन र ? मेरो प्रदेश सरकार सङ्ग विनम्र अनुरोध के छ भने हामीलाई मा वि को तलब खुवाउन सक्नु हुन् भने बिज्ञान शिक्षकको जिम्मा पनि संघ लाई नै दिनु आखिर एकै तहमा काम गर्ने लाई एकै किसिमको सेवा सुबिधा बाट किन बन्चित ? संघले प्रत्येक मा वि बिधालयमा अङ्ग्रेजी , गणित र बिज्ञान शिक्षक नभएको बिधालयमा अङ्ग्रेजी ,गणित र बिज्ञान अनुदान शिक्षक दिएका छन् । प्रदेश सरकार बाट हामीलाई अपमानित नगराउन आग्रह गर्दछु ।
कार्यहरू
गुनासो संग सम्बन्धित व्यहोराको पत्र यसैसाथ संलग्न छ । सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल