तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2025-W5XKM1 |
मिति | |
स्थिति | समाधान भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | मुख्यमन्त्रीज्यू नमसकार ! मेरो नाम दिल्पना आचार्य हो । म हाल स्थानीय सरकारी सेवाको सहायक महिला विकास निरिक्षक (सहायकस्तर चौथो) तहमा हाल इलाम नगरपालिकामा कार्यरत छु । म लोकसेवा आयोगले २०७६ मा स्थानीय तहको लागि परिक्षा संचालन गरि सिफारिस गरिएको कर्मचारी हुँ। कोशी प्रदेशबाट जारी गरिएको स्थानीय सरकारी सेवा (गठन तथा संचालन) ऐन, २०८० को व्यवस्था बमोजिम चौथो तहबाट पाँचौ तहमा बढुवा हुने व्यवस्था छ । यद्यपी विविध सेवाको महिला विकास अन्तर्गतका पदमा कोटाहरु सिमित रहेको कारणले हाम्रो वृत्ति विकासको दायरा साघुँरो हुन गई एक तह माथिको पदमा बढुवा हुनका लागि समेत लामो समय व्यतित गर्नुपर्ने बाध्यता हालको ऐनमा भएका प्रावधानबाट स्पष्ट देखिएको छ । यसका कारणले लामो समयसम्म चौथो तहमा नै रहनु पर्दा उत्प्रेरणाको स्तरमा समेत असर पुग्ने र सोबाट कार्यसम्पादनमा समेत प्रतिकुल असर पर्ने हुँदा । म लगायत विविध सेवाका सहायक महिला विकास पदमा कार्यरत कर्मचारीहरुलाई प्रशासन सेवाको पाँचौं तहको पदमा बढुवाका लागि योग्य हुने व्यवस्था गरि हाम्रो वृत्ति विकासको दायरालाई समेत फराकिलो पारिदिनुहुन विभिन्न कानुनमा गर्नुपर्ने आवश्यक संशोधन तथा परिमार्जनका लागि पहलकदमी गरिदिनुहुन श्रीमान समक्ष अनुरोध गर्दछु । |
कार्यहरू |
ऐन बमोजिम नियमावली तर्जुमाको चरणमा रहेको हुँदा तपाईंले दिएको सुझावलाई पृष्ठपोषणको रुपमा लिइएको व्यहोरा अनुरोध छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
कानून शाखामा प्रक्रियाको लागि पठाइएको। (द.नं.४०२३)
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
Approved
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|