तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2025-P1K2VG |
मिति | |
स्थिति | समाधान भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | इमेल |
गुनासोको प्रकार | कर्मचारी सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सादर नमस्कार। स्थानिय सरकारी सेवा (गठन तथा संचालन) ऐन, २०८१ को दफा ४ मा अधिकृत स्तर र सहायक स्तर तह रहने तथा अधिकृतस्तरमा छैटौ देखी एघारौ सम्म र सहायकस्तरमा आधारभुत देखी पाचौ सम्म राखिएको छ । स्थानीय सरकारी सेवा नियमावली २०८१ को मस्यौदाको अनुसुची २- नियम ५ को उपनियम १ सग सम्बन्धित स्थानिय तहमा रहने तह र पदको महलमा प्रशासन सेवाको सबै समुहको पाचौ बाट तहवृद्दि भइ छैटौ हुने पदको पदनाम सहायक अधिकृत भनिएको छ । इन्जिनियरिङ्ग सेवा तर्फ भने इन्जिनियर छैटौ इन्जिनियर सातौ र सिनियर इन्जिनियर भनिएको छ । यसमा विभेद भएको देखिन्छ । यसरी ऐनले नै सहायकस्तर र अधिकृतस्तर भनेर ब्याख्या गरेको अवस्थामा नियमावलीमा प्रशासन सेवाका सम्पुर्ण समुहलाई अधिकृतस्तर छैटौलाइ सहायक अधिकृत भनेर पदनाम राख्नु ऐन विपरित भएको महशुस भएको हुदा उक्त विवरण सच्याइ दिनुहुन बिनम्र अनुरोध गर्दछु । श्रीमानको जो आदेश । |
कार्यहरू |
हाल स्थानीय सरकारी सेवा ऐन, २०८० को दफा ३ मा स्थानीय सरकारी सेवाको गठन र दफा ४ मा तह र पदनाम मात्र उल्लेख भएको र ऐन बमोजिम नियमावली तर्जुमाको चरणमा रहेको हुँदा तपाईंले दिएको सुझावलाई नयमावलीमा समावेश गर्नका लागि पृष्ठपोषणको रुपमा लिइएको व्यहोरा अनुरोध छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
उक्त गुनासो सम्बोधन प्रक्रियाका लागि कानून शाखामा पठाइएको व्यहोरा अनुरोध छ ।(दर्ता नं. ३९९०)
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|